×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गभर्नरले कि त एम अधिकारी होइन भन्ने पुष्टी गर्नुपर्यो, होइन भने तत्काल राजीनामा दिनुपर्यो’ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले गभर्नरले राजीनामा दिनुपर्ने बताएका हुन् ।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरेका बताएका छन् । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ । यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराएका छन् ।

विवाद भएर सबैलाई उनले नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टी भएको कागज सार्वजनिक गर्नुपपर्यो, होइन भने विवाद आयो भनेर उनले राजीनामा दिनुपर्यो ।’, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका सांसद श्रेष्ठले भने । अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ ।

सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरेका छन् । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: