×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिलसँग मर्जरको तयारीमा रहेको एनसीसी बैंकको नाफा २ अर्ब नाघ्यो, अन्य सूचक पनि उत्साहजनक…!

काठमाडौं । नबिलसँग मर्जरको तयारीमा रहेको एनसीसी बैंकले २ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि गर्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपाल क्रेडिट एण्ड कमर्स  बैंकको  खुद नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३३ करोड ६ लाख नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा ५१.९८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा १२ रुपैयाँ ३२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसाबाट बढेर १४९ रुपैयाँ ७९ पैसा पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा ८ प्रतिशत बोनस सेयर दिएर ११ अर्ब १३ करोड ९७ लाख रुपैयाँ पूँजी पुर्‍याउँदा पनि बैंकको नाफासँगै प्रतिसेयर आम्दानी र नेटवर्थ वृद्धि भएको छ ।

बैंकको सेयरधनी सञ्चित कोषमा एक अर्ब ४७ करोड ४३ लाख रुपैयाँ छ भने जगेडा कोषमा तिन अर्ब ८४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षमा कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.७६ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.०६ पुगेको छ । साथै कर्जा विस्तार पनि हुँदा बैंकको ब्याज आम्दानी उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब ६ अर्ब ६६ करोड ७२ लाखबाट २६.१६ प्रतिशतले वृद्धि भई एक खर्ब ३४ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक ९४ अर्ब ५८ करोड २२ लाखबाट २८.१३ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब १९ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब १४ करोड ९९ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब १५ करोड ५७ लाख गरेको छ । व्यवसाय विस्तार सँगै कर्जा जोखिमको प्राभिजन समान्य बढाएको बैंकले आम्दानीमा भएको वृद्धिको तुलनामा कर्मचारी खर्च समान्य मात्रै वृद्ध हुँदा सञ्चालन मुनाफा उल्लेख्य रुपमा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ३१ करोड ३४ लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४३ करोड १७ प्रोभिजन गरेको छ । बैंकको कर्मचारी खर्च एक अर्ब ५५ करोड ५१ लाखबाट बढेर एक अर्ब ६१ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा ३९.१७ प्रतिशतले वृद्धि भएर दुई अर्ब ६७ करोड २१ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले एक अर्ब ९२ करोड सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको आधार ब्याजदर ९बेस रेट० ७.५७ प्रतिशतबाट बढेर ९.२० प्रतिशत पुगेको छ । निस्क्रिय कर्जा १.७६ प्रतिशतबाट बढेर १.९३ प्रतिशतमा पुगेको छ भने पूँजी कोष अनुपात १३.७५ प्रतिशतबाट बढेर १२.१२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: