×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गतवर्ष नेपाल वायुसेवा निगमको घाटा इतिहासकै उच्च, पद जोगाउन निगमका अध्यक्षले बोले ‘झुठमाथि-झुठ’ !

काठमाडौँ । प्राय हरेक वर्षजस्तो घाटामा गईरहने नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा अहिलेसम्मकै सर्वाधिक घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्षमा निगम पौने पाँच अर्ब रुपैयाँले घाटामा गएको छ । गत आर्थिक वर्षमा निगमको कुल घाटा ४ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षसम्ममा निगमको घाटा ३ अर्ब ६६ करोड रुपैयाँ थियो । गत वर्षभने सो घाटा १ अर्ब १३ करोड रुपैयाँले बढेको छ ।

नेपाल वायुसेवा निगमकले जहाज उडान तथा ग्राउन्ड ह्यान्डलिङबाट कुल १२ अर्ब ४५ करोड आम्दानी गरेको छ । उडान खर्च बापत ६ अर्ब ८ करोड, बिमामा ८२ करोड ९१ लाख, रेन्टल खर्च ६७ करोड ३९ लाख र मर्मत संभारमा ८१ करोड ८३ लाख खर्च भएको निगमले जनाएको छ । निगमले सार्वजनिक गरेको विवरण अनुसार ग्राहक सेवामा ६७ करोड ३७ लाख खर्च गरेको छ । त्यस्तै मूल्यह्रासमा २ खर्ब १ करोड, प्रशासनिक खर्चमा २ खर्ब ४० करोड र एजेन्सी कमिसनमा २५ करोड रुपैँया निगमको खर्च भएको छ ।

गत आर्थिक वर्षमा निगमको कुल खर्च १३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यसभन्दा अगाडी निगमका अध्यक्ष युवराज अधिकारीले आम्दानी बढेको र निगमको घाटामा सुधार आएको बताएका थिए । तर उनले दिएको अभिव्यक्ति र निमगले सार्वजनिक गरेको विवरणबीच ठुलो अन्तर भेट्न सकिन्छ । आफुलाई बर्खास्त गर्ने तयारी भएको भन्ने थाहा पाएसँगै अधिकारीले बचाउका लागि आम्दानी बढेको भन्दै गलत प्रचार गरेको पुष्टि भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: