×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सबाट बाहिरिँदै आइएमई ग्रुप, आइएमई जनरलसँग मर्जर नहुने पक्का !

अर्थ सरोकार

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार

PRIME CA

नेपाल इन्स्योरेन्सबाट बाहिरिँदै आइएमई ग्रुप, आइएमई जनरलसँग मर्जर नहुने पक्का !

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिने भएको छ । आइएमई ग्रुपले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गरेर नेपाल इन्स्योरेन्सबाट बाहिरिन लागेको हो । प्रत्येक कम्पनीले आफ्नो नाममा रहेको ७ लाख १९ हजार २०५ कित्ता गरी कुल २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर प्रति कित्ता न्युनतम ३२५ रुपैयाँमा बिक्री गर्न लागेका हुन् ।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागाजपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने या शेयर बिक्री गर्ने मध्ये एउटा उपाय रोज्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुरुप नै आइएमईले शेयर बिक्री गर्न खोजेको देखिन्छ ।

आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरेर आइएमई जनरललाई अर्को कम्पनी सँग मर्ज गराउने देखिन्छ । आइएमई ग्रुपको नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा लगानी रहेको छ । नेपाल इनस्योरेन्सबाट आइएमई ग्रुप बाहिरीएरपछि आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर नहुने पक्का भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: