×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट र मेगालाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

PRIME CA

नेपाल इन्भेष्टमेन्ट र मेगालाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि नेपाल नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा मर्जर प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ चौथो संशोधन २०७५ बमोजिम सैद्दान्तिक सहमति दिएको हो ।

मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए । सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेको हस्ताक्षर भएको थियो । सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् ।

यि दुई बैंक एक आपसमा मर्जमा जाने भएपछि जेठ ३० गतेदेखि सेयर कारोबार पनि रोक्का भएको थियो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: