×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको सिइओमा पराजुलीको नियुक्तिलाई बीमा समितिले दियो स्विकृति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल लाइफको सिइओमा पराजुलीको नियुक्तिलाई बीमा समितिले दियो स्विकृति

Artha Sarokar

५ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलई बीमा समितिले स्विकृति दिएको छ । पराजुलीलाई सञ्चालक समितिको बैठकले चार वर्षका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई बीमा समितिले पनि स्विकृति दिएको छ ।

बीमा समितिले दिएको स्विकृतिसँगै अब नेपाल लाइफ इन्स्योरेन्सलाई सिइओमा पराजुतिलाई नियुक्ति दिन मार्ग प्रसस्त भएको छ । नेपाल लाइफले पराजुलीलाई गत पुस २५ गते सिनियर डिसिइओमा नियुक्त गरेको थियो । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । रिलायन्समा उनले गरेको ‘गज्जब’को कामकै कारण उनलाई नेपाल लाइफले आफ्नो कम्पनीमा लगेको थियो । नेपाल लाइफमा पनि डेपुटी सीइओको रुपमा अब्बल काम देखाएपछि उनलाई संचालक समितिले सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी