Skip to content
LAXMI SUNRISE BANK

‘नेपालमा श्रीलंकाको जस्तो संकट आउँदैन’

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नेपालमा श्रीलंकाको जस्तो संकट नआउने दाबी गरेका छन् । आगामी मौद्रिक नीतिमा सुझावका लागि सिविफिनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरुसँग लड्न सक्ने क्षमता आफुहरुसँग भएको बताउँदै आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् । नेपाल पनि श्रीलंकाजस्तै हुन्छ कि भन्ने प्रश्न उठिरहेका बेला उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नहुने दाबीसमेत गरेका छन् ।

‘हामीकहाँ श्रीलंकाको जस्तो संकट आउँदैन । भुकम्प, नाकाबन्दी र कोभिडजस्ता संकट हामीले पार गरिसकेका छौँ । त्यसैले अहिले अर्थतन्त्रमा देखिएका केही समस्यासँग लड्न पनि हामी सक्षम छौँ।’ मौद्रिक नीतिबारे बोल्दै कार्यक्रममा उनले भने -‘देशको हालको परिस्थितिअनुसार पोलिसी आउनुपर्छ’, कार्यक्रममा बोल्दै उनले भने ।

सिबिफिनले मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई २७ बुँदे सुझाव पठाएको छ । यसै विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिसंघले बैंक तथा वित्तीय संस्थालाई सेयर ब्रोकर लाइसेन्स दिनुपर्ने, सिडी रेसियो ९५ प्रतिशत हुनुपर्ने लगायतका माग राखेको छ ।

यस्तै सोहि कार्यक्रममा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लाएको ४-१२को नीतिले लगानीकर्ता मारमा परेको बताएका छन् । आगामी मौद्रिक नीतिमा सुझावका लागि सिविफिनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पवन गोल्यानले लगानीकर्ता मारमा परेका कारण सो विषयमा परिसंघले नै अध्ययन गर्नेसमेत बताएका हुन्।

‘सेयर मार्केटमा सबैले गरेका छन्, तर सबैभन्दा बढी मारमा साना लगानीकर्ता छन्, ४/१२ ले पनि साना लगानीकर्ता मारमा परेका छन्, किनेभने ठूला लगानीकर्तालाई यो नीति आउँछ भन्ने पहिल नै थाहा थियो, तर, सानालाई थाहा थिएन, अब हामी यस विषयमा अध्ययन गर्दैछौं,’ कार्यक्रममा बोल्दै उनले भने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK