काठमाडौं । कमिसनमा चुर्लुम्म डुबेर वाइको नामक कम्पनीसँग साँठ्गाँठ गरि तयार गरिएको नेप्सेको टिएमएसमा फेरि समस्या देखिएको छ । घरी किन्न मिल्ने, बेच्न नमिल्ने, घरी बेच्न मिल्ने, किन्न नमिल्ने, घरी खुल्दै नखुल्ने लगायतका समस्या विहानैदेखि देखिएका छन् । सिष्टम राम्रोसँग नचल्दा लगानीकर्ताहरु मारमा परेका छन् ।
यसो त यो समस्या पहिलोपटक देखिको भने होइन । पटक पटक यस्तो समस्या देखिँदा पनि नेप्से पनि महिनौँदेखि कानमा तेल हालेर बसेको छ । यता आइतबारबाट हट्ने भनिएको एओएन फिचर पनि नहटेको पाइएको छ । यो समाचार तयार गर्दासम्म सो फिचर जस्ताको त्यस्तै छ । अघिल्लो हप्ता नै धितोपत्र बोर्डले पत्राचार गरि सो फिचर हटाउन नेप्सेलाई भनेको थियो । तर तलवमात्र पचाउन पल्केका नेप्सेका कर्मचारीको लोसे काम गराईका कारण आइतबार पनि सो फिचर नहटेको पाइएको छ ।
विभिन्न १९ बुंदे माग राख्दै अनशन बसेका लगानीकर्ता तिलक कोइराला १० दिनसम्म भोको बसेर जन्माएको ‘१९ बुंदे माग कार्यान्वयन समिति’को पहिलो बैठकपछी एओएन सुविधा खारेज गर्ने निर्णयमा धितोपत्र बोर्ड पुगेपनि हाल सम्म एओएन भने हट्न सकेको छैन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्