×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार : नेप्सेमा कारोबार रकम ९९ दिन यताकै उच्च, ठुला लगानीकर्ता बजार प्रवेश गरेकै हुन् ?

अर्थ सरोकार

प्रकाशित मिति : २० असार २०७९, सोमबार

PRIME CA

सेयर बजार : नेप्सेमा कारोबार रकम ९९ दिन यताकै उच्च, ठुला लगानीकर्ता बजार प्रवेश गरेकै हुन् ?

काठमाडौं ।   सोमबार (आज) नेप्सेमा ४ अर्ब ३४ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । जुन कारोबार ९९ दिन यताकै उच्च कारोबार  हो ।   यसअघि गत चैत १३ गते आइतबार नेप्सेमा ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछि  सेयर बजारमा ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थिएन ।

कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक भने  ९.७५ अंकले घटेर २०७६ .६७ बिन्दुमा पुगेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार कुल २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ५८ लाख ८३ हजार २ सय ७१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यता  सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुपमा  पोजेटिभ सर्किट लागेको छ ।  यसैबीच  ग्लोबल आइएई बैंक डेभेन्चर २०८६/८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधकि ५.१० प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको विकास बैंक, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा देखिएको कारोबारको यो बढोत्तरीले सेयर बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश भएको बुझ्न गार्हो छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: