काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.६० अंकले घटेर २०४३.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको भएको छ । यस कम्पनीको ७ करोड ६५ लाख ८९ हजार ९ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहिबारको सेयर बजारमा समिट लघुवित्त र लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । समिट र लिबर्टी सेयरमा यस्तो गिरावट आउँदा नयाँ सारथी लघुवित्त, गुराँस लघुवित्त, युनाइटेड इन्स्योरेन्स र शिभ श्री हाइड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको भएको छ । यस कम्पनीको ७ करोड ६५ लाख ८९ हजार ९ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली हाइड्रोपावर,शिभम् सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, अपर तामाकोशी हाईड्रोपावर र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा आरबिबि म्युचुअल फण्ड-१ लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा माउन्टेन हाईड्रो नेपाल, सिटिजन्स म्युचुअल फण्ड-२ र नारायणी डेभलभमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्