काठमाडौं । बुधबार सेयर बजारमा उछाल आएको छ । गभर्नर अधिकारी राष्ट्र बैंकबाट विदा हुने हल्ला चौतर्फी रुपमा फैलिएसँगै मंगलबार सेयर बजारमा उछाल आएको हो । मंगलबारको तुलनामा नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२५ कम्पनीको ५७ लाख ८७ हजार १ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड २ लाख ९५ हजार ३ सय २९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा एभरेष्ट बैंक लिमिटेड प्रिफेरेन्स सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एभरेष्ट बैंक लिमिटेडको प्रिफेरेन्स सेयरमा यस्तो गिरावट आउँदा ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंकको डिबिन्चेर २०८४, ८.५ प्रतिशत बिओके डिबिन्चेर २०८६, युनिलिभर नेपाल र १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चेर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड २ लाख ९५ हजार ३ सय २९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआईसी एशिया बैंक, नेपाल बैंक, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर, नेपाल टेलिकम, सिभिल बैंक, लक्ष्मी बैंक, नबिल बैंक र सिद्वार्थ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा नेपाल फाइनान्स र सिलायन्स फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिइडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिटिनन्स म्युचुअल फण्ड–२, नबिल ब्यालेस्ण्ड फण्ड–२ र कुमारी इक्वीटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्