काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार पनि नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १७ करोड ९६ लाख ८६ हजार ६ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहिबारको सेयर बजारमा राधी विद्युत कम्पनीको लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । राधीको सेयरमा यस्तो गिरावट आउँदा बलेफि हाईड्रोपावर कम्पनी, ग्रिन भेन्चर्स लिमिटेड, लक्ष्मी उन्नती कोष र महुली लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको १७ करोड ९६ लाख ८६ हजार ६ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट, हिमालयन डिस्टिलरी, युनिभर्सल पावर कम्पनी, आइसिएफसि फाइनान्स र यूनाइटेड मोदी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा विन्ध्यावासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पाटनर, समृद्धि फाइनान्स कम्पनी र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्