×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तथ्यांक आफैँ बोल्छः एनआईसी एशिया बैंकको नाफा ४.५३ अर्ब, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

PRIME CA

तथ्यांक आफैँ बोल्छः एनआईसी एशिया बैंकको नाफा ४.५३ अर्ब, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । देशकै नम्बर १ बैंकको रुपमा दाबी गर्ने एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा बैंकको खुद नाफामा ३९ प्रतिशतले वृद्धि भएको छ । अर्थात, सो अवधिमा बैंकले कुल ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ ।

कर्जा असुलीमा उत्साहजनक नतिजा !
एकपछि अर्को हुँदै विभिन्न तबरबाट नम्बर १ बनेको एनआइसी एशिया बैंकले गतवर्ष कर्जा असुलीमा समेत उत्साहजनक नतिजा हासिल गरेको छ । बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सिमित राख्न सफल भएको वित्तीय विवरणमार्फत जनाएको छ । बैंकको स्व–पूँजीमा प्रतिफल (REO) १९.६५ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानीतर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ भने बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत रहेको छ ।

त्यस्तै बैंकले शेयरधनीहरुको उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६-०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न हामी सफल भएको दाबी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: