जनकपुर । एनआइसी एशिया बैंकबाट अरुकै पैसा लिएर फरार एक युवक पक्राउ परेका छन् । जनकपुरधाम मिल्स एरियास्थित बैंकको शाखाबाट २४ हजार रकम निकालेर फरार भएका २३ वर्षिय सन्तोष कुमार ठाकुर पक्राउ परेका हुन् ।
ठाकुरले विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवार यादवको खाताबाट रकम निकालेका थिए । ‘बैंककै कर्मचारी हो। तपाईको वृद्धभत्ता म ल्याईदिन्छु भन्दै चेकबुक मागेको हो। बैंककै कर्मचारी हो भनेपछि मैले पनि सजिलै मेरो चेकबुक दिएँ’, यादवले भनिन्, ‘पैसा निकालेर ल्याईदिने भएपछि सहज हुनेभन्दै मैलेपनि पत्याएँ र चेकबुक दिएको हुँ। तर फर्किएर आएन। पैसा लगेर भागेको थाहा पाएपछि प्रहरीमा खबर गरेकी हुँ ।’
प्क्राउ परेका ठाकुर कमला नगरपालिका २ माचीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठाकुरलाई माचिको राजवंशी कोल्ड स्टोरबाट २० हजार रकमसहित नियन्त्रणमा लिएको हो । कुम्हिया देवी वृद्ध भता झिक्न आएको बेला उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । २४ हजार लिएर फरार भएको भएपनि ४ हजार भने खर्च गरिसकेको प्रहरीले जनाएको छ ।
ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्