काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारमा हुने चलखेल रोक्न पहल गरिने बताएका छन् । बिहीबार ललितपुरस्थित होटल हिमालयमा आयोजना गरिएको आर्थिक वर्ष २०७९/८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै हमालले ब्रोकरहरुको सुपरिवेक्षण बढाइने बताएका छन् भने बोर्डका लागि आवश्यक जग्गा प्राप्ति गर्न प्रक्रिया अगाडि बढाइने पनि जानकारी दिए। बजारमा बेला- बेलामा सेयरको चलखेल हुँदा साना लगानीकर्ता त्यसको मारमा पर्ने गरेको बताउँदै उनले यस्ता कामलाई निरुत्साहित गर्नेगरी अघि बढ्ने बताएका छन्।

कार्यक्रममा बोल्दै उनले पूँजीबजारमा उच्चस्तरको प्रविधि भित्र्याइनेसमेत बताएका छन् । ‘बजारको सुधार र विकासका लागि उच्चस्तरको प्रविधि भित्र्याउने छौँ । त्यसका लािग धितोपत्र तथा वस्तु विनियम बजारको विकास गरी आईओएससीओको मापदण्डअनुरुपको बनाइनेछ। धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता, जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई प्राथमिकता राखेका छौँ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
धितोपत्रसम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनेसमेत बोर्ड अध्यक्षले बताए । बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्तदुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने बोर्डले लिएको बताउँदै अध्यक्ष हमालले उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आबद्ध गर्ने सेबोनले योजना बनाएकोसमेत बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले र हमालले अक्सन मार्केट सञ्चालनमा ल्याउनेसमेत घोषणा गरेका छन् भने क्षतिपूर्ति कोष खडा गरी जोखिम व्यवस्थापनको काम गरिनेसमेत उनको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्