कास्की । पोखरामा रहेको एनएमबि बैंकको एटिएम मेसिन फोडेर चोरहरुले १५ लाख रुपैयाँ लुटेर लागेका छन् । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर रकम चोरी भएको प्रहरीले जनाएको छ ।
‘बुधबार राती एटिएम फोडेर १५ लाख रुपैयाँ लुटिएको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी भने- ‘हामी चोरी गर्नेको खोजी गरिरहेका छौँ । अहिलेसम्म कोहि पक्राउ भने परेका छैनन् ।’
मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस लुटेराहरुले अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको भेटिएको छ । प्रहरीका अनुसार बैंकले अघिल्लो दिन एटिएम मेशिनमा १७ लाख रुपैयाँ राखेको र त्यसमध्ये लाख रुपैयाँ ग्राहकले निकालेको पाइएको छ भने बाँकी पैसा चोरी भएको छ ।
केहि समय अगाडी पोखरामै एनआईसी एशिया बैंकको एटिएम फोड्ने प्रयास भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्