×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘कार्तिक यता नोटको कारोबार १ खर्बले कम भएको छ, अव दक्षिण एशियामा साझा मुद्राको अवधारणा ल्याउनुपर्छ’ : गभर्नर

पोखरा । नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारीले दक्षिण एशियामा साझा मुद्राको अवधारणामा जानु पर्ने र यस विषयमा आफुले दक्षिण एशियाको साझा मञ्चमा प्रस्ताव राखेको बताएका छन् । शुक्रबार बैंकर्स संघले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले डिजिटल मुद्राका बारेमा ९० भन्दा बढि देशले अध्ययन गरिरहेको भएपनि कसैले पनि ठोस निष्कर्ष भने नानिकालिसकेको बताएका छन् । कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले केन्द्रीय बैंक डिजिटल करेन्सीका बारेमा प्रस्तुति दिएका थिए।

‘डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था आउँदैन । भौतिक मुद्रा हटेर गइहाल्ने स्थिति पनि हुँदैन । रातारात डिजिटल मुद्रा लागू हुने पनि होइन । तर सबै मिलेर सामुहिक र साझा डिजिटल मुद्राको अवधारणामा जानुपर्छ । मैले दक्षिण एशियाको साझा मंचमा यस विषयमा प्रस्ताव पनि राखेको छु ।’ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने- ‘ डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको पनि सहयोग चाहिन्छ । यसको विश्वसनीयता जोगाउने काम पनि कम्ती चुनौतिपूर्ण छैन । यसमा गडबढी भए अर्थतन्त्र पनि नियन्त्रण बाहिर जाने अवस्था आउन सक्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’

पछिल्लो समय नोटको कारोबार घट्दै गएको बताउँदै उनले कार्तिक यता नोटको कारोबार १ खर्बले घटिसकेकोसमेत जानकारी दिए । कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिए।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: