काठमाडौँ । मर्जरको तयारीमा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर हुन्छ वा हुँदैन भन्ने छिनोफानो आज (बुधबार) हुने भएको छ । बुधबार सेञ्चुरीले बोर्ड बैठक डाकेको छ । सो बोर्ड बैठकमा सेञ्चुरीले प्रभुसँग जाने निर्णय गर्यो भने सम्भवत: यहि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यो मर्जरमा प्रभु सबै कुराले तयार देखिएको छ भने सेञ्चुरीमा बोर्डभित्रको मनमुटावका कारण मर्जरसम्बन्धि निर्णय हुन सकेको छैन ।
बोर्डका अध्यक्ष, अर्का एक संचालक र सीइओ प्रभुसँगको मर्जरको पक्षमा छन् भने बोर्डभित्रकै एउटा समूह प्रभुसँग मर्जरमा नजाने अडानमा छन् । अर्थ सरोकारलाई प्रभुका एक संचालकले दिएको जानकारी अनुसार आज नै सेञ्चुरीको बोर्ड बैठकले प्रभुसँग मर्जरमा जाने निर्णय गर्नेछ भने यहि अनुसार शुक्रबार एमओयु हुनेछ ।
‘आज बोर्ड बैठक छ । पेलेरै भएपनि बहुमतले निर्णय हुन्छ । प्रभुसँग मर्जरमा जानुको विकल्प छैन।’ ती संचालकले भने- ‘हामीले नाम छोडिदिने भएका छौं । प्रभुले राम्रो स्वाप दिएको छ । हाम्रो सीइओलाई प्रभुमा सिनियर डेपुटी सीइओ दिने भनिएको छ । अरु केहि कुरामा समस्या छैन ।’
यता प्रभुले सेञ्चुरी नमिले अर्को एक बैंक प्राप्तिका लागि छलफल बढाएको छ । तर सेञ्चुरीसँगको तयारी सफल भएन भने यो असार मसान्तभित्र सो मर्जर हुने देखिएको छैन । यद्यपी सेञ्चुरीसँग सबै कुरा मिलिसकेको र सेञ्चुरीको बोर्डले अप्रुभल दिनेबित्तिकै प्रभु र सेञ्चुरीबीच एमओयु हुने प्रभु बैंक स्रोतको दाबी छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्