काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले दोहोरो अपराध गरेको बताएका छन् । बजेट निर्माणका बेला बाहिरिया मान्छे लगाएर एउटा अपराध गरेका अर्थमन्त्रीले सो बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको ज्ञवालीको तर्क छ ।
संसद बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । उनले अर्थ मन्त्रालयले सो घटनामा गम्भीर घोटाला गरेको तथ्य मन्त्रालय स्वयमले पुष्टी गरेको जिकिरसमेत गरे ।
‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने ।
अर्थमन्त्रीमाथि बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर व्यापारीको स्वार्थमा करको दर हेरफेर गराएको आरोप लागिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा अर्थ मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्