×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गभर्नरका विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्छ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘गभर्नरका विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्छ’

Artha Sarokar

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांसद प्रेम सुवालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विषयमा प्रश्न उठेकाले प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले यस्तो माग गरेका हुन् ।

‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विषयमा संसदमा प्रश्न उठेको छ, यस विषयमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा स्पष्टिकरण दिनुपर्छ ।’ उनले भने ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ योजना विभागको सदस्यमा नियुक्त भएको तथ्य बाहिरिएपछि संसदमा यस्तो प्रश्न उठेको हो ।
संसदमै कांग्रेस र माओवादी सांसदहरुले गभर्नर अधिकारीको विषयमा प्रश्न उठाएका थिए भने एमाले सांसद हरुले अधिकारीको बचाउ गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी