Skip to content
LAXMI SUNRISE BANK

‘अव बजेट पनि नयाँ ल्याउनुपर्छ…’

अर्थ सरोकार

काठमाडौं । सांसद प्रेम सुवालले नयाँ बजेट ल्याउनुपर्ने बताएका छन् । उनले आर्थिक वर्ष २०७९/८० को बजेट खारेज गरेर नयाँ बजेट बनाउनुपर्ने बताएका हुन् ।

उनले बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्रीले राजीनामा दिएको अवस्थालाई ध्यानमा राख्दै नयाँ बजेट बनाउनुपर्ने बताएका हुन् ।

गोपनीयता भंग गरेको अर्थमन्त्रीको राजीनामा भइसकेको कारण बजेट पनि नयाँ बनाउनुर्ने माग सांसद सुवालको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज डिलिट गरेको भन्दै चैतर्फी विरोध आएपछि अन्तत उनले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK