काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले सेयर बजार सुधारका लागि आफुहरुले सक्ने गरिरहेकाले लगानीकर्ताहरुलाई नआत्तिन सुझाव दिएकी छिन् । अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष पोखरेलले आफुहरुले राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायहरुमा लगानीकर्ताको सुरक्षा र सेयर बजार सुधारका लागि पहल गरिरहेकाले बजारको माहोल केहि समयभित्र राम्रो देखिने आशा गर्ने ठाउँ रहेकोसमेत बताएकी हुन् ।
‘हामीले अर्थ मत्रालयमा, राष्ट्र बैंकमा पनि कुरा राखेका छौँ । सबैतिरबाट सकारात्मक सन्देश आएको छ । बजार अहिले त रेस्यु नै गर्ने बेला आएको छ । सामान्य मल्हम पट्टीले काम गर्दैन भनेर हामीले सम्बन्धित ठाउँमा भनिसकेका छौं । क्यान्सर भएको अवस्थामा सिटामोलले छुँदैन । अहिलेको बजार पनि त्यस्तै भएको छ भनेर हामीले विभिन्न निकायमा भनिसकेका छौं । माहोल राम्रो हुने आशा गर्ने ठाउँ धेरै छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्- ‘४/१२ को नीतिले पारेको प्रभाव पनि हामीले राष्ट्र बैंकलाई बुझाईसकेका छौं। त्यसैले पनि बजारमा राम्रो माहोल आउने आशा गर्न सकिन्छ ।’
बजारमा लगानीकर्ताको मनोबल एकदमै खस्केको र पछिल्लो समय लगानीकर्ताको मनोबल केहि बलियो भएको बताउंदै उनले नेपाल राष्ट्र बैंक, नेपाल सरकार, धितोपत्र बोर्डजस्ता निकायले लगानीकर्ताको समस्या समाधान गर्ने इक्षा राखे बजार बलियो हुने कुरामा कुनै पनि शंका नरहेकोसमेत दाबी गरेकी छिन् । ‘हामीले राखेका समस्याहरुलाई पहिचान गरेर कार्यानवयन गर्ने कुरामा हामीले सम्बन्धित सबैलाई पहल गर्न भनेका छौं । हाम्रा कुरा सुनियो भने अव बजार बलियो हुने देखिन्छ । लगानीकर्ताहरु धेरै प्यानिक भईसकेको अवस्थामा अव सम्बन्धित निकायले हाम्रो कुरा नसुनेर पनि हुँदैन ।’
उनका अनुसार आउँदो मौद्रिक नीतिमा सेयर बजारलाई विशेष ध्यानमा राखेर बजारलाई रेक्स्यु गर्ने हिसाबले केहि पोलिसी ल्याउने हो भने बजार बलियो हुने देखिन्छ ।
अहिले बजार प्रवेश गर्न लगानीकर्ताहरु डराईरहेकोतर्फ इंकित गर्दै उनले कसैले सुनको स्टकलाई पित्तल भनिदिएकै कारण हतारमा बेच्ने प्रवृतिले बजारमा लगानीकर्ताहरु थप प्यानिक हुनुपरेको समेत बताएकी छिन् । ‘सुन भन्ने जान्दाजान्दै कसैले यो त पित्तल हो भनेकै आधारमा सुनलाई पित्तलको दाममा बेच्नु गलत हो । लगानीकर्ता यसतर्फ सचेत हुनुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्