काठमाडौं । यसवर्षको मौद्रिक नीतिप्रति नेपाल पूँजीबाजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आफ्नो बिचार व्यक्त गरेकी छिन् । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रस्तुत गरेको नीतिप्रति सामाजिक संजालमार्फत पोखरेलले बिचार व्यक्त गरेकी हुन् । यस्तो छ मौद्रिक नीतिप्रति पोखरेलको टिप्पणी :
४–१२ मा ४ हट्यो १२ यथावत ! यो कसरी राम्रो भयो ?
सेयर धितो कर्जाको सिमामा १२ करोड मात्र ! अचम्म, ४ करोडका दरले ३ बैंक धाउनु पर्नेमा झन्झट हटेर गए पनि अरबौंको सेयर हुनेले के १२ करोडमै थान्को लाग्नु पर्ने हो र ? आफ्नो सम्पत्ति राखेर पनि पैसा लिन नपाईने ? ढिलो छिटो यो खारेज हुनैपर्छ । हाम्रो सम्पतीमा नेपाल राष्ट्र बैंकले अंकुश लगाउन पाउँदैन ।
२५ लाखसम्मको ऋणमा जोखिम भार १००% !
यो सम्म ठिकै हो । साना लगानीकर्तालाई प्रोत्साहन गर्न खोजेको मान्नु पर्छ ।
मर्जर तथा एक्विजिसनमा जाँदा करोबार नरोकिने !
यो बिषय पनि हामिले उठाउदै आएका थियौ । यो परिवर्तित निती सेयर लगानीकर्ताको लागी राम्रो हो ।
बैंकदर ७ प्रतिशत बाट १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुयाएको छ। यो सरासर गलत हो । यसले बैंकको मार्जिन कर्जाको ब्याज घटन मद्दत गर्दैन ।
पहिलो कुरा CD Ratio हट्नुपथ्र्यो र CCD कायम हुनु पथ्र्यो । त्यो हुन सकेन तथापी CD Ratio गणना गर्दा २०८० असारसम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । जसले तरलतामा पर्ने चापलाई केहि हदसम्म कम गर्न सहयोग गर्नेछ ।
मौद्रिक नीतिप्रति आफ्नो टिप्पणसहितको सुझाव राख्दै पोखरेलले समग्रमा हेर्दा मौद्रिक निती निक्कै नै फुलबुट्टा भरेर आए पनि केही खासै प्रभावकारी नभएको तर्क गरेकी छिन् । ‘सेयर बजारको लागि राष्ट्र् बैंकको कसुवा नितिमा ज्यादिबिधी खुकुलो पनि आएको मान्न सकिदैन ।’ पोखरेलले भनिन्– ‘तथापी राष्ट्रबैंकको निती बजारलाई नियन्त्रण गरेर आफुले चाहेको बाटोमा हिडाउन खोजेको प्रष्ट देखिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्