काठमाडौँ । भीष्मराज ढुंगानाको बहिर्गमनपछि धेरैले सोचेका थिए, धितोपत्र बोर्डमा जो आए पनि यस्तै हो । अझ लामो समय निजी क्षेत्रको अनुभव भएका हमाललाई बोर्डमा किन ल्याईयो भन्ने प्रश्न पनि उठेको थियो । बोर्ड अध्यक्ष हुनेबितिकै उनले आफुले गर्ने कामबारे प्रतिबद्धता व्यक्त गरेको र भनेका काम सुरु गरिसकेको बताउँदा धेरैले पत्याएका थिएनन् । तर लगानीकर्ताको आन्दोलनलाई सम्बोधन गर्ने विषयमा होस्, वा बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खुला गर्ने विषयमा होस्, उनले एक कदम अगाडी बढेर भटाभट काम गरिरहेका छन् । उनको यो शैलीले धेरैले हमाल कुलमानकै शैलीमा काम गर्न थालेको प्रतिक्रिया दिएका छन् ।
यसअघि लगानीकर्ताको आन्दोलनमा नेता हुँ भन्नेहरुले नै अनशन बसेका तिलक कोइरालाको साथ छोड्दा अध्यक्ष हमालले उनका मागहरु सबै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेर, काम समेत सुरु गरेर अनशन तोडाएका थिए । अहिले ब्रोकर सम्बन्धि विद्यमान नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा स्वीकृत गर्दै वाणिज्य बैंकको सहायक कम्पनीले पनि ब्रोकर लाईसेन्स पाउने बाटो खुला गरेर उनले हमाल कुरा मात्र गर्दैनन्, बरु काम गरेर देखाउँछन् भन्ने तथ्यलाई पुष्टी गरेका छन् ।
बोर्ड अध्यक्ष हमालले सो कामको लागि बनेको टास्क फोर्सले के कति काम गर्यो र कुरा कहाँ पुग्यो भन्ने विषयमा निरन्तर फलोअप गरिरहेका थिए । टास्क फोर्सले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा स्वीकृत गरेर अव बैंकलाई समेत ब्रोकर लाइसेन्स दिने र धितोपत्र बजारलाई थप बलियो बनाउनेगरी काम गरेको छ।
हमालले सिमित कोटामा ब्रोकरको लाइसेन्स बाँड्ने नाममा घुस खान पल्केकाहरुको प्रवृतिलाईसमेत खारेज गरी बोर्डले तोकेको मापदण्ड पूरा गर्ने जुनसुकै कम्पनीलाई प्रक्रिया पुर्याएर ब्रोकर लाईसेन्स दिन सकिनेगरी निर्णय गराएका छन् । अव यो संशोधित नियमावली बोर्डको संचालक समितिले पारित गरेर मन्त्रिपरिषदमा पठाउँछ भने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि यो नियमावली कार्यन्वयनमा आउँछ । अव छिट्टै यो मस्यौदा बोर्डबाट पास हुनेछ भने त्यसपछि मन्त्रिपरिषद जानेछ । उनले यो नियमावली पास गराउन अर्थ मन्त्रालय र प्रधानमन्त्री स्वयमलाईसमेत कन्भिन्स गराईसकेका छन् ।
टास्क फोर्सले पारित गरेको प्रस्तावित मस्यौदामा विभिन्न ३ प्रकारको ब्रोकर लाईसेन्स वितरण गरिने उल्लेख छ । न्युनतम चुक्ता पुँजी २० करोड तोकेरा सेयर खरिद बिक्री मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनी बर्गिकरण गरिएको छ भने ६० करोड पूँजी तोकेर सेयर खरिद बिक्री, डिपीको रुपमा काम गर्ने, पीएमएस सेवा दिने, परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यता स्टक डिलरलाई १५० करोड पूँजी तोकेर तेस्रो तह तोकिएको छ ।
अव यो व्यवस्था लागु भएपछि ५० ब्रोकरहरुको हालीमुहालीमात्र बन्द हुने छैन, बरु बलियो बजारको सुरुवातसमेत हुनेछ । हमालले गरेको यो कमालको कामपछि अव सेयर बजारमा ब्रोकरहरुको मनपरीकोसमेत अन्त्य हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्