×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ आर्थिक बर्ष ७९-८० मा कुन राशिको कति कमाउने योग छ ? सेयर बजारमा कसलाई फाइदा ? कसलाई घाटा ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो आर्थिक बर्षको पूर्वार्द त्यति सन्तोषजनक छैन । धन फस्न सक्ने सम्भावना छ । सेयर बजार र बीमाको काम गर्नेहरुका लागि भने यो आर्थिक बर्ष उत्तम छ । असोज र माघ महिना बढी नै शुभ रहनेछ । अरुलाई सापट दिंदा सचेत रहनुहोला । आफ्नैलाई दिएको सापटीसमेत फिर्ता आउन गाह्रो हुने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तसँग गरिएको आर्थिक कारोबार बिग्रिने योग छ । घरजग्गा र निर्माण क्षेत्रमा गरिएको अलगानीले राम्रो प्रतिफल दिनेछ । सेयर बजारमा लागेकाहरुका लाग्यो यो बर्ष प्रतिफलको वर्षा रहनेछ । साउन, कार्तिक र फागुनमा राम्रो पैसा कमाउने योग छ । तर पैसाको लेनदेनका कारण परिवार, आफन्त लगायतमा समस्या आउने सम्भावना पनि बढी छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ लगानीकर्ताहरुका लागि यो बर्ष उत्तम छ । सेयर बजारमा राम्रो प्रतिफल मिल्ने योग छ । कस्मेटिकको व्यापार गर्नेहरुलाई बढी नै सफलता मिल्नेछ । धातु, मेशिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रमा पनि सफलता मिल्नेछ । जागिर खानेहरुका लागि भने यो आर्थिक बर्ष त्यति सन्तोषजनक नहुन सक्छ । व्यापार गर्नेहरुलाई भदौ र मङ्सिरमा राम्रो कमाई गर्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका हुनेका लागि यो बर्ष सेयर बजार औसत रहनेछ । घरजग्गाको व्यापारमा लागेकाहरुलाई भने यो आर्थिक बर्ष खासै गतिलो नहुन सक्छ । असोज महिनामा राम्रो पैसा कमाउने हुने योग छ । पुष महिनामा कतै लगानी गर्दा निकै ख्याल पुर्याउनुहोला । आफन्तलाई ऋण दिंदा सचेत हुनुहोला । पैसा फस्ने चान्स पनि त्यतिकै छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी भन्दा खर्च बढी हुने योग भएका हुनाले यो आर्थिक बर्ष सिंह राशि भएकाहरुका लागि त्यति सन्तोषजनक नहुन सक्छ । सेयर कारोबार गर्नेहरुले अलि बढी नै सचेत भएर लगानी गर्नुपर्ने स्थिति देखिन्छ । व्यापारमा नोक्सान हुने सम्भावना बढी छ । असोज महिनामा गरेको लगानीले भने राम्रो प्रतिफल दिने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएका हरुले पनि सेयर बजारमा लगानी गर्न बढी नै सचेत हुनुपर्छ । किशानी काम गर्ने वा पर्यटन क्षेत्रमा लागेकाहरुलाई भने यो बर्ष राम्रो छ । फागुन महिनामा गरिएको लगानीले राम्रो प्रतिफल दिने सम्भावना छ । घरजग्गाको कारोबार गर्नेहरुका लागि यो बर्ष राम्रो छ । सेयर बजारले अलि बढी पीर दिने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ लगानीकर्ताहरुका लागि यो आर्थिक बर्ष त्यति शुभ छैन । तर पूराना लगानीकर्ताहरुले भने यो बर्ष सेयर बजारबाट राम्रो पैसा कमाउन सक्ने सम्भावना छ । तर कसैलाई पैसा दिंदा पनि ख्याल गर्नुपर्ने स्थिति छ । दिएका ऋण सापटी फिर्ता नआउने सम्भावना बढी छ । भदौ र पुष महिनामा गरेको लगानीले राम्रो प्रतिफल दिने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेयर बजार र सुनको कारोबार गर्नेहरुलाई यो आर्थिक बर्ष त्यति राम्रो छैन । बैदेशिक रोजगारीबाट भने मनग्य फाइदा हुने देखिन्छ । माघ महिना उत्तम छ, तर ऋण सापटीमा संलग्न हुँदा ख्याल गर्नुहोला । घरजग्गाको कारोबारीलाई यो बर्ष औसत छ । जागिर गर्नेहरुलाई पनि यो आर्थिक बर्ष औसत मात्र छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरुको कुरा सुनेर मात्र लगानी गर्ने धनु राशि भएकाहरुलाई यो बर्ष सेयर बजारले पिरोल्न सक्छ । लगानी गर्दा सचेत भएर लगानी गर्नुपर्ने स्थिति हुन्छ । यो आर्थिक बर्षमा धनु राशिका लागि साउन र मङ्सिर महिना बहने फलदायी हुने देखिन्छ । घरजग्गाको व्यवसाय गर्नेहरुका लागि यो बर्ष खासै उत्तम छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेयर बजारमा लागेका मकर राशि भएकाहरुका लागि यो आर्थिक बर्ष उत्तम छ । यो आर्थिक बर्षमा मकर राशि भएकाहरुले राम्रो पैसा कमाउन सक्ने योग देखिन्छ । कृषिको कारोबार गर्नेहरुका लागि भने यो बर्ष खासै उत्तम छैन । साउन, भदौ र मङ्सिर महिना सार्है राम्रो देखिन्छ । तरल पद्धार्थको व्यापार गर्नेहरुका लागि पनि यो बर्ष उत्तम बर्ष हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेयर बजारमा लागेका कुम्भ राशिका व्यक्तिहरुलाई यसपटक सेयर बजार त्यति राम्रो नहुन सक्छ । घर जग्गाको कारोबारमा पनि विवाद आउन सक्ने सम्भावना बढी छ । साउन, मस्निर र माघ महिनामा बढी कमाउने योग छ । कृषिको काम गर्नेहरुका लागि भने यो बर्ष निकै राम्रो छ । जागिर खानेहरुका लागि पनि यो बर्ष त्यतिकै राम्रो देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरुका लागि सेयर बजारमा राम्रो सफलता प्राप्त गर्ने योग यो नयाँ आर्थिक बर्षमा देखिन्छ । जग्गाको कारोबार गर्नेहरुका लागि यो बर्ष निकै राम्रो छ । सेयर बजारमा लाग्नेहरुका लागि पनि यो बर्ष उत्तम बर्षको रुपमा रहनेछ । मङ्सिर र माघमा बढी नै प्रतिफल पाइने सम्भावना छ । जागिर गर्नेहरुका लागि पनि यो बर्ष निकै राम्रो बर्षका रुपमा रहनेछ ।

-श्रीधर पौडेल

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: