×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बाणिज्य बैंकको ‘झुर’ सेवा : ‘मसान्त’को प्रेसरमा पटक-पटक ‘सर्भर डाउन’, हजारौँ ग्राहकलाई ‘नमिठो सास्ती’ !

काठमाडौँ । हुन त नेपाली सरकारी संस्थाहरुको काम समयमा नहुनु नौलो कुरा होइन । अन्तिम समयमा सरकारी साइट वा सर्भर नचल्नु पनि ठुलो कुरा होइन । तर पनि आफुलाई अब्बल मान्ने सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकको सर्भर डाउन हुँदा असार मसान्तका बेला व्यवसायीहरु मारमा परेका छन् । बैंकको सर्भर नचल्दा एकातर्फ हजारौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ भने काम सक्काउने चटारोमा रहेका बैंकका कर्मचारीहरु पनि पीडीत बनेका छन् ।

बैंकको सर्भर डाउन हुँदा निक्षेप संकलन, रकम भुक्तानीजस्ता काम प्रभावित बनेका छन् । राष्ट्रिय बाणिज्य बैंकका विभिन्न शाखाका कर्मचारीले सर्भरमा समस्या आएको पुष्टी गरेका छन् । ‘कहिले चल्छ, कहिले चल्दैन । अन्तिम समयमा यस्तो हुँदा धेरै ग्राहकको गाली खानु परेको छ । काम नभएर उस्तै हैरान छ ।’ काठमाडौँस्थित एक शाखाका कर्मचारीले अर्थ सरोकारसँग भने,  ‘तपाईं मिडियाको त सीइओ, आइटीसँग पनि पहुँच हुन्छ क्यार, यसो भनिदिनुपर्यो । यहाँ त ग्राहकले कुट्लान् भन्ने पीर भयो ।’
बैंकको सर्भरमा समस्या देखिंदा बैंकका धेरै ठाउँका ग्राहकहरुले कर्मचारीहरुलाई गाली गरिरहेको विभिन्न साखाका कर्मचारीहरुको गुनासो छ । ‘विहानदेखि सिष्टममा समस्या छ  । कहिले चल्छ, कहिले चल्दैन । ग्राहकहरुलाई पनि मर्का परेको छ । आज असार ३१ गते भएकाले धेरैलाई पेमेन्टको प्रेसर छ । यस्तो बेला सर्भर डाउन हुनु अफ्ट्यारो स्थिति हो। ‘ पोखराका एक साखाका कर्मचारीले भने- ‘देशभर आज समस्या छ । कतिपय ग्राहक त दुश्मनले पनि राष्ट्रिय बाणिज्य बैंकमा खाता नखोलोस्’ भनेर गाली गर्दै फर्कनुभएको छ ।
सर्भरमा समस्या हुँदा कतिपय ग्राहकहरु काम नै नभई फर्कनुपनि परेको छ । यसले एकातर्फ बैंकको छवि बिग्रिएको छ भने अन्तिम आवरमा काम नहुँदा राष्ट्रिय बाणिज्य बैंक आवश्यक पर्दा कहिले पनि काम लाग्ने रहेनछ भन्ने सन्देश गएको छ । ‘बैंकले आफ्नो भनेको आफ्नै हुन्छ भन्ने विज्ञापन बजाउँथ्यो, आफ्नो भनेको त यो बैंक त झन् साह्रो पर्दा पनि काम नलाग्ने धेरै पराई बैंक रहेछ ।’ काठमाडौँस्थित एक साखामा भेटिएका ग्राहकले भने ।
यता बैंक भने यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताउँछ । बैंकको केन्द्रीय कार्यालयमा फोन गरी सिष्टम डाउनबारे बुझ्दा त्यहाँका कर्मचारीले सिष्टम डाउन भएको स्वीकारे पनि यस विषयमा थप आफुलाई केहि पनि थाहा नभएको बताए । ‘हामीलाई यस विषयमा केहि पनि थाहा भएन । तर सिष्टममा समस्याचाहिं देखिएको छ’ यस विषयमा बैंकको आधिकारिक धारणा बुझ्न हामीले बैंकमा फोन गरी सूचना अधिकारीको नम्बर माग्यौं । तर बैंकका कर्मचारीले उत्तर दिए -‘हाम्रो बैंकमा त सूचना अधिकारी नै छैन। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: