×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

PRIME CA

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

३० असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । बिहिबार (आज)बिहान  ९ बजे सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भि सम्झौता भएको हो । सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर सफल भएमा बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी सहज रुपले पुग्ने कम्पनीहरुले जनाएका छन् । दुबैले बराबरी हैसियतमा मर्जरको सहमति गरेका छन् । तथापी डिडिए पछि मात्रै स्वाप रेसियो तय हुने भएको छ ।

हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे सँगै दुई कम्पनीकै शेयर कारोबार रोक्का भएको छ । (हिजो) असार २९ गते बुधबार अपरान्ह ३ बजेर  बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जाने निर्णय गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: