×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुवन दाहालले छोडेपछि सानिमा बैंकको ‘हरिबिजोग’, नाफा घट्यो, अन्य सूचक पनि निराशाजनक !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

भुवन दाहालले छोडेपछि सानिमा बैंकको ‘हरिबिजोग’, नाफा घट्यो, अन्य सूचक पनि निराशाजनक !

काठमाडौं । आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्ममा सानिमा बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले घटेको हो ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर अघिल्लो वर्षको भन्दा गतवर्ष भने बैंकको खुद नाफामा १.७ प्रतिशतले गिरावट आएको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ५.५७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १.७६ प्रतिशत घटेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै सानिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको सो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेको छ भने जगेडा कोष १०.२३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेपमा २२.६५ प्रतिशत र कर्जामा १५.१९ प्रतिशतले वृद्धि भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: