×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वीस बैंकमा भेटियो नेपालीको ३९ अर्ब १६ करोड रुपैयाँ बचत !

PRIME CA

स्वीस बैंकमा भेटियो नेपालीको ३९ अर्ब १६ करोड रुपैयाँ बचत !

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्वीस नेशनल बैंकमा नेपालीको २९ करोड ८० लाख स्वीस फ्र्यान्क (३९ अर्ब १६ करोड) रुपैयाँ बचत भएको भेटिएको छ । बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार शंकास्पद धन लुकाउनको लागि चर्चित रहेको स्वीस बैंकमा नेपालीहरुको बचत पहिलेको तुलनामा अहिले घटेको छ । सन् २०२० को स्वीस नेशनल बैंकको रिपोर्ट अनुसार नेपालीहरुको ३६ करोड ८ लाख स्वीस प्र्यान्क (४८ अर्ब ४३ करोड)  रुपैयाँ बचत थियो । यो रकम नेपालीहरुले जम्मा गरेको बचत अहिलेसम्मकै उच्च हो । पछिल्ला वर्षहरुमा स्वीस बैंकमा रहेको नेपालीहरुको बचत घट्दै गएको रिपोर्टमा देखिन्छ ।

सन् २०१९ को तुलनामा सन् २०२० मा मौज्जात रकम दोब्बर भएको थियो । सन् २०१९ मा १७ करोड ५८ लाख स्वीस फ्र्यान्क नेपालीहरुको स्वीस बैंकमा रहेको थियो । स्वीस बैंकले बचतकर्ताको गोपनियता राख्ने भएको हुँदा कसले पैसा जम्मा गरेको र कसले झिकेको हो त्यसको जानकारी हुँदैन । नेपालमा रोचक कुरा के छ भने नेपालमा द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको पाईन्छ । १९९६ देखि २०२१ सम्म नेपालीले स्वीस ब्यांकमा तीन अर्ब १८ करोड ९३ लाख स्वीस फ्र्यान्क (४ खर्ब नेपाली रुपैयाँ) राखेको देखिन्छ ।

स्वीस बैंकमा पैसा राख्ने तथा निकाल्ने व्यक्तिको तथ्यांक उपलब्ध हुने गर्दैन । कानून छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको एक दशक भएपनि यसमा कुनै अनुसन्धान हुन सकेको छैन । स्विट्जरल्यान्डमा सन् १८५४ मा ‘स्विस बैंक कर्पोरेशन’ का रूपमा स्थापित बैंकका शाखा ५० देशमा रहेका छन् । आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानूनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ । बैंकका अनुसार विश्वका २०० भन्दा बढी देशका नागरिकको मौज्दात स्वीस नेशनल बैंकमा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: