×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल र भारतका सेयर बजारका नियामकबीच साझेदारी हुने, अध्यक्षले सुरु गरे पहल, नेपाललाई फाइदै फाइदा !

काठमाडौँ । पछिल्लो समय एकपछि अर्को राम्रो काम गरेर सबैको वाहवाही पाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको पहलमा नेपाल र भारतका सेयर बजारका नियामकबीच रणनीतिक साझेदारी हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र भारतको सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) बीच रणनीतिक साझेदारी हुने भएको हो  ।

यस विषयमा थप अध्ययन, छलफल तथा काम गर्नका लागि बोर्ड अध्यक्ष हमालको नेतृत्वमा ३ जनाको टोली बोर्डका तर्फबाट भारत पुगेको छ । सो टोलीले सेबीसँग छलफल गर्ने, र आवश्यक रणनीति बनाई दुई नियामकबीच साझेदारी अगाडी बढाउनेगरी सम्झौता गर्ने बुझिएको छ । सो टोलीमा बोर्डका उपकार्यकारी कृष्णराज पोखरेल र कामु उप कार्यकारी निर्देशक नारायण शर्मा सहभागी छन् ।

सो टोलीले भारतमा शेयर बजारका नियामकका काम र त्यहाँको स्टक एक्सचेन्ज र ब्रोकरका विषयमा पनि छलफल गर्ने बुझिएको छ ।  सेबीसँगको छलफलपछि सो टोली शुक्रबार नेपाल फर्कनेछ । त्यहाँ देखिएका कुराहरु कुन कुन नेपालमा कार्यान्वयन गर्दा राम्रो हुन्छ भन्ने विषयमा वृहत रुपमा बुझी सो टोली नेपाल आएर नेपालमा गर्न सकिने कमहरुको तुरुन्त थालनी गर्नेसमेत बुझिएको छ ।

हमालले एक पछि अर्को राम्रो काम गरेपछि उनलाई नेपाली सेयर बजारको कुलमानसमेत भन्न थालिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: