काठमाडौँ । हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ परिसरमा यसै पनि अरुबेलामा पनि खुब भीड हुन्छ । कोरोना काललाई छोडेर हेर्ने हो भने, अरु समय पशुपति क्षेत्रमा विश्वभरका हिन्दु तिर्थयात्रीहरु भीड खासै कम भएको इतिहास छैन । त्यसमाथि पनि साउनको समयमा र साउनमा पनि साउनको सोमबार त पशुपतिमा थामिनसक्नुको भीड हुन्छ ।
साउन लागेदेखि काठमाडौँमा पशुपति तीर्थाटन गर्न आउनेहरुले होटलहरु भरिएका छन् । सोसल मिडियाको जमानामा बाहिरबाट आउने पर्यटक हुन्, वा नेपाली आन्तरिक पर्यटक, टिकटक बनाउने, सेल्फी खिच्नेहरुको भीड ठुलो छ पशुपतितिर । पशुपतिको मूलगेटदेखि पाशुपत क्षेत्र वरपरका कुनै पनि स्थानमा सेल्फी खिच्नेहरुको क्रेज बेग्लै छ ।
पशुपतिको आरतीमा आनन्द खोज्नेहरुदेखि पशुपतिमा फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्नेहरुको संख्या निकै ठुलो छ । यसरी पाशुपत क्षेत्रमा खिचिएका तस्विर र बनाइएका टिकटकले समग्रमा नेपालको पर्यटनलाई टेवा नै पुर्याएको भन्न अफ्ट्यारो मान्नुपर्ने कुरै केहि छैन ।
हामी पशुपति जाँदा हामीले पनि यस्तै दृश्यहरु देख्यौँ । तपाईंहरुलाई यहि देखाउँदैछौँ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्