×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका प्रख्यात ३ गुरु : भट्टराई शिक्षाका लागि प्रिय, बस्नेत अनुभवका खानी, आचार्य पत्रकारिताका ‘भीष्म पितामह’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

सेयर बजारका प्रख्यात ३ गुरु : भट्टराई शिक्षाका लागि प्रिय, बस्नेत अनुभवका खानी, आचार्य पत्रकारिताका ‘भीष्म पितामह’ !

गुरुर्ब्रह्मा  गुरुर्विष्णु गुरुर्देवो  महेश्वर : ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।
आज गुरु पूर्णिमा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैछ । आजको दिन गुरुलाई सम्मान गर्नेमात्र होइन, जीवनमा जीवन सिकाउने गुरुहरुलाई सम्झने दिन पनि हो । शाबदिक रुपमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो । अर्थात ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ । आजको दिन आ-आफ्नो क्षेत्रका गूरुलाई सम्झेर सम्मान गर्ने दिन हो । धेरैका लागि धेरै जना गुरु हुन सक्छन् । आजको अंकमा हामी सेयर बजारका प्रख्यात गुरुहरुको चर्चा गर्दैछौँ ।
एक विद्वानले भनेका छन्- ‘पढाउने सबै गुरु हुँदैनन् ।’ र आजकल शिक्षक गुरु नहुन सक्छन् भन्ने बहस पनि चलेको छ । शिक्षा दिएर कसैको जीवन नै परिवर्तन गराइदिनेहरुदेखि अनुभव बुझाएर जीवनमा जिउन सिकाउनेहरु नै सच्चा गुरु हुन् । सेयर बजारमा पनि निस्वार्थ भावले सेयर बजार सिकाउने, अनुभव सिकाउने र यो बजारमा धेरै कुरा बुझाउनेगरीका चेलाका गुरुहरु पनि छन् ।
१. सुबास चन्द्र भट्टराई शिक्षाका लागि प्रिय 
सुबास चन्द्र भट्टराई पछिल्लो समय धेरैका लागि प्रिय गुरु हुन् । यतिसम्म कि उनलाई भेट्दा खुट्टामै ढोग्नेहरु पनि भेटिन्छन् । सेयर बजार घटेका बेला कसरी टिक्ने र बजारको भित्री पाटो के हो भन्ने कुराका जानकार उनी देशदौडाहा गरेर सेयर सिकाउने गुरुका रुपमा प्रख्यात छन् । केहि महिना यता नै उनले थुप्रै सेयर बजारका तालिमहरु देशव्यापी रुपमा संचालन गरिसकेका छन् । सेयर सिकाउनेमात्र होइन, डुबेकाहरुलाई उठाउन सिकाउने सेयर बजारका गुरु भट्टराई दमक निबासी हुन् । आफ्नो जीवनकालमा भोगेका ‘बजारका दुख’ अरुले भोग्न नपरोस् भनेर अहिले उनी देशका कुना-कुनामा सेयर सिकाउँदैछन् । उनी यतिसम्म प्रिय छन् कि, उनका कुराहरु सुनेर आत्महत्या गर्छु भनेर हिँडेको मान्छे पनि अव बाँच्छु भनेर फर्केको छ । र त आज गुरु पूर्णिमाको दिन उनलाई गुरु पूर्णिमाको शुभकामना दिने र उनीबाट आशिर्वाद लिनेहरुको संख्या ठुलो छ ।
२. जीवन बस्नेत 
खासै ‘लाइट’मा आएको नाम होइन यो । तर जीवन बस्नेत सेयर बजारमा धेरैका लागि गुरु हुन् । उनी सेयर बजारका फण्डामेन्टल कुरा मात्र होइन, प्राविधिक कुरामा पनि सार्है दखल राख्छन् । उनका अनुयायीका अनुसार उनले इलिट वेव त कापीमै केरेर देखाईदिन्छन् । हालसम्म पनि मोबाइल नबोकेका उनी खासै बाहिर देखिंदैनन् । तर उनले सेयर सिकाएका धेरै मान्छे अहिले करोडपति छन् । कतिपयले त अर्व नै कमाईसकेका छन् । उमेरले सार्है पाको बस्नेत ७० कटिसकेका छन् । तर अहिले पनि उनी आफ्ना मान्छेहरुलाई गज्जब तरिकाले सेयर सिकाउँछन् ।सेयर बजारका पूराना लगानीकर्ताहरुले मान्ने थोरै गुरुहरुमध्ये हुन् बस्नेत ।
३. सेयर बजारसम्बन्धि पत्रकारिताका ‘भीष्म पितामह’
अहिले बजारमा सेयर बजारसम्बन्धि न्युज पोर्टलहरु छ्यापछ्याप्ती छन् । यस्ता समाचार पोर्टलहरुको क्वालिटीका बारेमा ठुलो बहस छ बजारमा । तर सेयर बजारका बारेमा नाम कहलिएका जति समाचार बनाउनेहरु छन्, तीमध्ये अधिकांस दिनेश आचार्यकै फलोअर्स हुन् । आचार्यले नेपाली पत्रकारिता इतिहासमै पहिलोपटक सेयर बजार सम्बन्धि पत्रिका  ‘सेयर बजार साप्ताहिक’ प्रकाशन गरेका थिए। उनको सो पत्रिका अहिले पनि प्रकाशन हुन्छ । त्यतिमात्र होइन, आजकल दिनहुँजसो सेयर बजार सम्बन्धि टेलिभिजन कार्यक्रम आउँछन् । तर नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि टेलिभिजन शो चलाउने व्यक्ति पनि आचार्य नै हुन् ।
यतिमात्र होइन, सेयर बजारमा अहिले सार्है सक्रिय भएर लागेका पत्रकारहरुमध्ये कोहि न कोहि आचार्यसँग कुनै न कुनै रुपमा जोडिएका छन् । केहि समय अगाडी नेपाल धितोपत्र बोर्डका अध्यक्षको पद नै खुस्किनेगरी समाचार लेख्ने हिमाल खबरपत्रिकाका रमेश कुमार पनि आचार्यले नै पत्रकारितामा ग्रुम गरेका व्यक्ति हुन् । पछिल्लो समय महाप्रसाद अधिकारीको नियुक्तिबारे प्रश्न उठाउने पत्रकार पनि आचार्य नै हुन् । आचार्यकै एक ट्वीटका कारण अहिले गभर्नर महाप्रसाद अधिकारीको पद संकटमा छ ।  बजारमा पछिल्लो समय सक्रिय रहेका धेरैजसो आर्थिक पत्रकार र पत्रिकाका संचालक पनि आचार्यले नै प्रकाशन गर्ने सेयर बजार साप्ताहिक पढेर पत्रकारिता सिकेकाहरु छन् ।
हुन त सबैका लागि आ-आफ्ना गुरु फरक होलान् । तर आज पनि सेयर बजारमा सेयर बजारका गुरुको नाम लिनुपर्यो भने सबैले बुझ्ने र भन्ने गूरु, सुबास चन्द्र भट्टराई, जीवन बस्नेत र दिनेश आचार्य नै हुन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: