×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर दलाल : सानालाई १ रुपैयाँ छोड्दैनन्, तर ठुलासँग अरवौँ उधारो, ‘कथित नेतालाई कमिसनसमेत फिर्ता दिन्छन्’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

सेयर दलाल : सानालाई १ रुपैयाँ छोड्दैनन्, तर ठुलासँग अरवौँ उधारो, ‘कथित नेतालाई कमिसनसमेत फिर्ता दिन्छन्’

काठमाडौँ । सेयर दलाल कम्पनीमा साना लगानीकर्ताका समस्या भनिनसक्नु छ । समयमा पैसा नदिने, सोध्दै नसोधी सेयर बेचिदिने, लगायतका धेरै समस्या नेपाली सेयर लगानीकर्ताले वर्षौंदेखि भोग्दै आएका छन् । तर सेयर लगानीकर्ताहरुलाई पीडाको हद दिने नेपालका सेयर दलालले ठुला लगानीकर्ताहरुलाई भने करोडौँ उधारो दिने गरेको पाइएको छ । यतिमात्र होइन, ती ब्रोकरहरुले लगानीकर्ताका ‘कथित’नेताहरुबाट लिईएको कमिसनसमेत फिर्ता गर्ने गरेको भेटिएको छ । यसले नेपालको सेयर बजारमा सिमित ब्रोकरहरुक रबैया कुनहदसम्म भन्ने मात्र देखिएको छैन, नेपालको धितोपत्र बजारलाई सिमित व्यवसायीहरुले क्रिडास्थल बनाएको पनि पुष्टी गरिदिएको छ ।

ठुला लगानीकर्तालाई अरवौं उधारो
साना लगानीकर्तालाई १ रुपैयाँसम्म नपत्याउने ब्रोकरहरुले पछिल्लो एक बर्षमा अरवौं उधारो दिएको रहस्य बाहिरिएको छ । पैसा नलिने तर सेयर किनिदिने, अनि त्यहि सेयर बेचेर ब्रोकरको सेटलमेन्ट गरिदिने लगानीकर्ताको संख्या ठुलो छ । यस्ता लगानीकर्ता पनि जसले यसरि उधारो दिन्छ, त्यतै कारोबार गर्ने भएकाले ब्रोकरहरुलाई यो काम ‘खाए खा, नखाए घिच’जस्तै भएको स्वयम् ब्रोकरहरु स्वीकारछन् ।

ब्रोकरहरुकै तथ्याङ्कले पछिल्लो समय बजार घट्दा बजारबाट अरवौं रुपैयाँ उठाउन बाँकी छ । विशेषगरी काठमाडौँका केहि ठुला लगानीकर्ताहरुको समूहले ठुलो मात्रामा सेयर उठाउँदा लिएको उधारो अहिले तिर्न सकेका छैनन् । असार मसान्त लाग्दैगर्दा ब्रोकरहरुलाई सो रकम उठाउन हम्मेहम्मे परेको देखिन्छ । अझ केहि समय अगाडी नेपालको सेयर बजारमा अत्याधिक कारोबार भएको समयको कारोबारको त ठुलो प्रतिशत नै उधारो सेयर कारोबार भएको पाइएको छ ।

कमिसनसमेत फिर्ता दिन्छन् बोकर
अझ अचम्मको कुरा त के छ भने केहि ब्रोकरहरुले ठुला लगानीकर्ताहरुबाट लिएको कमिसनसमेत फिर्ता दिने गरेको पाइएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने सेयर खरिदबिक्री गरेवापत सेवाशुल्क मात्रै ५० वटा ब्रोकरले एकै बर्ष झण्डै १० अर्ब ६९ करोड आम्दानी गरेका छन् । त्यसमध्ये धेरैजसो ब्रोकरले ४०-५० प्रतिशतसम्म खर्च दावी गरेका छन् । जवकि ब्रोकरहरुको संचालन खर्च भनेको १० प्रतिशत हाराहारीमात्र हुन्छ । यसरि खर्च दाबी गर्दा ग्राहकबाट प्राप्त सेवाशुल्कबाट उल्टै ग्राहकलाई कमिसन दिएकोसमेत देखाइएको छ ।

यसले ब्रोकरहरु एकातर्फ नाफा कम देखाउन सरकारलाई गुमराहमा राखिरहेका छन् भन्ने देखाउँछ भने केहि ठुला लगानीकर्तालाई ब्रोकरहरुले कमिसन नै लिँदैनन् भन्ने तथ्यसमेत फेला परेको छ । महालेखाको प्रतिवेदन हेर्ने हो भने आर्थिक बर्ष २०७७-७८ मा मात्र ब्रोकरले करोडौं रुपैयाँ कमिसनवापत ग्राहकलाई रकम फिर्ता गरी खर्च दाबी गरिएको पाइएको छ । ती ब्रोकरहरुले संस्थागत लगानीकर्तालाई सेवा शुल्कबाट कमिसन बापत फिर्ता गरेको भन्दै खर्च देखाएको उनीहरुको ब्यालेन्स सीटमा देखिन्छ । यस विषयमा सम्बन्धित कर कार्यालयले पनि छानविन गरिरहेको छ।

करछली उस्तै
पछिल्लो महालेखाको प्रतिवेदनले त तेह्र वटा ब्रोकर कम्पनीले आयकर नै छलेको समेत देखाएको छ । उनन्‍साठीऔँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखापरिक्षकको कार्यालयले ति ब्रोकर कम्पनीले ३० प्रतिशत आयकर तिर्नु पर्नेमा २५ प्रतिशत मात्र तिरेको उल्लेख गरेका छन् । महालेखाकाले मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता रहेका धितोपत्र व्यवसाय सञ्चालन गर्ने २ करदाताले आफ्नो करयोग्य आयमा २०७७।७८ मा २५ प्रतिशतका दरले मात्र आयकर दाखिला गरेको देखिएकोले ५ प्रतिशतका दरले छुट भएको कर रू.५ करोड ५० लाख ३५ हजार शुल्क तथा ब्याजसहित असुल गर्नुपर्ने उल्लेख गरेसँगै ब्रोकरहरु कर छल्न पनि कति माहिर छन् भन्ने देखाएको छ ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वरअन्तर्गत धितोपत्र कारोबार गर्ने ३ करदाताले आफ्नो करयोग्य आयमा २०७७।७८ मा २५ प्रतिशतका दरले मात्र आयकर कर दाखिला गरेको देखिएकोले ५ प्रतिशतले हुने नपुग आयकर रू.८६ लाख २७ हजार र सोमा लाग्ने शुल्क तथा ब्याजसमेत असुल गर्न छानबिन हुनुपर्ने महालेखाले उल्लेख गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: