काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१५ कम्पनीको ४१ लाख ३३ हजार ७ सय ०९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ४२ लाख ५९ हजार ९ सय १७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी इक्युतीमा यस्तो गिरावट आउँदा इमर्जिङ्ग नेपाल, सांग्रिला डेभ्लप्मेन्त बैंक डेभेन्चर २०८७ , ८.५ % बैंक अफ काठमाडौँ डेभेन्चर २०८६ र सिभिल बैंक डबेन्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ४२ लाख ५९ हजार ९ सय १७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, आइसिएफसि फाइनान्स, गोर्खाज फाइनान्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरै हो । यस अलावा कर्णाली डेभलप्मेन्ट बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स र गोर्खाज फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्