×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार घट्यो सेयर बजार, १ अर्ब ६४ करोडमाथिको कारोबार हुँदा नेप्से २०४४.७२ बिन्दुमा

PRIME CA

बिहिबार घट्यो सेयर बजार, १ अर्ब ६४ करोडमाथिको कारोबार हुँदा नेप्से २०४४.७२ बिन्दुमा

५ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२५ कम्पनीको ३९ लाख ०८ हजार ३ सय ९५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ८० लाख १ हजार ५ सय ६८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा १२ %आइसिएफसि फाइनान्स डेभेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । १२ %आइसिएफसि फाइनान्स डेभेन्चर २०८३ मा यस्तो गिरावट आउँदा किसान लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तिय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशनमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ८० लाख १ हजार ५ सय ६८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक,नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी र नेपाल एसबि आइ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ३ प्रतिशत भन्दा धेरै हो । यस अलावा जनउत्थान सामुदयिक लघुवित्त, १०.२५ % ग्लोबल आइएमइ बैंक डेभेन्चर २०८०/८१, न्याशनल माइक्रोफाइनान्स लघुवित्त र गुराँस वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: