×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सेयर बजार, ३ अर्ब ७० करोडमाथिको कारोबार हुँदा नेप्से २०८८.१६ बिन्दुमा

PRIME CA

मंगलबार घट्यो सेयर बजार, ३ अर्ब ७० करोडमाथिको कारोबार हुँदा नेप्से २०८८.१६ बिन्दुमा

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३६ लाख ६७ हजार २ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा गणपति लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । गणपति लघुवित्तमा यस्तो गिरावट आउँदा रिभर फल्स पावर, सबैको लघुवित्त वित्तिय संस्था, पोखरा फाइनान्स र गुहेशोव्री मर्चेन्ट बैंक एण्ड फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३६ लाख ६७ हजार २ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली पावर, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टिलरी र राधि विद्युतको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरै हो । यस अलावा सुर्यदोय वोमी लघुवित्त वित्तिय संस्था, युनाईटेड मोदी हाईड्रोपावर, सम्वृद्धि फाइनान्स र बलेफी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: