काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै शुक्रबारको सेयर बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । स्ट्याण्डर्ड चार्टर्डको सेयरमा यस्तो गिरावट आउँदा युनाईटेड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आरबिबि म्युचल फण्ड-१ र जेनेरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एशियन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी,हिमालयन डिस्ट्रीलरी र एनआईसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, नेपाल फाईनान्स, मैलुंग खोला जलविद्युत र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्