×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार ८.८७ अंकले घट्यो नेप्से परिसूचक !

PRIME CA

शुक्रबार ८.८७ अंकले घट्यो नेप्से परिसूचक !

१७ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै शुक्रबारको सेयर बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । स्ट्याण्डर्ड चार्टर्डको सेयरमा यस्तो गिरावट आउँदा युनाईटेड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आरबिबि म्युचल फण्ड-१  र जेनेरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एशियन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी,हिमालयन डिस्ट्रीलरी र एनआईसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, नेपाल फाईनान्स, मैलुंग खोला जलविद्युत र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: