काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३१ कम्पनीको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ । यस कम्पनीको २२ करोड २८ लाख ६९ हजार ८ सय ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा ८.५ % बिओके डेभेन्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । ८.५ % बिओके डेभेन्चर २०८६ को सेयरमा यस्तो गिरावट आउँदा ङादी ग्रुप पावर, प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड -३ र सिटिजन्स म्युचल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ । यस कम्पनीको २२ करोड २८ लाख ६९ हजार ८ सय ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी, शिवम सिमेन्ट, एनआइसी एशिया बैंक र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा साल्ट ट्रेदिङ्ग कर्पोरेशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी, सान्जेन जलविद्युत र नेस्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्