Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ४६.०८ अंकले घट्यो नेप्से परिसूचक !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा घलेम्दी हाईड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो। घलेम्दी हाईड्रोको सेयरमा यस्तो गिरावट आउँदा दिब्यशोव्री हाईड्रोपावर, अजोड इन्स्योरेन्स, सीइडिबि हाईड्रोपावर र शिव श्री हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली हाईड्रोपावर, शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रीलरी र अप्पर तामाकोशीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा ङादी ग्रुप पावर, आधिखोला लघुवित्त, स्वाभिमान लघुवित्त र युनियन हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK