काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको ११ करोड ७२ लाख ८० हजार ३ सय ३० रुपैयाँ ५० बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा ९.५ % एनसीसी डेभेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो। ९.५ % एनसीसी डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा स्वाभिमान लघुवित्त, सिटिजन्स म्युचल फण्ड -२, किसान लघुवित्त र सिटिजन्स म्युचल फण्ड – १ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको ११ करोड ७२ लाख ८० हजार ३ सय ३० रुपैयाँ ५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा लाइफ इन्स्योरेन्स कर्पोरेशन, सिभिल बैंक, हिमालयन डिस्ट्रीलरी र अप्पर तामाकोशी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, तेर्ह्रथुम पावर, सिभिल बैंक र रिलायन्स फाईनान्सका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्