काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३४.७० अंकले घटेर १९९२.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१७ कम्पनीको ३० लाख ६३ हजार ४ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५९ लाख ८३ हजार ५ सय ५५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै शुक्रबारको सेयर बजारमा हिमालयन उर्जाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा बलेफी हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, बेस्ट फाईनान्स र कर्णाली डेभलपमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५९ लाख ८३ हजार ५ सय ५५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा युनाईटेड आइडीआइ मर्दी आरबि हाइड्रोपावर, नेपाल लाइफ कर्पोरेशन, अरुण काबेली,नेपाल दुरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा ग्लोबल आइएमई सम्मुनत स्किम -१ लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा नबिल इक्यती फण्ड, १.२५ % केबियाल डेभेन्चर २०८६, लक्ष्मी इक्यती फण्ड र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् शुक्रबारकोसेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्