काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ६३ लाख १३ हजार ६ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यस कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४ सय ८९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा ग्रामीण विकाश लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । ग्रामीणको सेयरमा यस्तो गिरावट आउँदा किसान लघुवित्त, ग्लोबल आइएमई सम्मुनत स्किम -१, हिमालयन पावर पार्टनर र माउनटेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यस कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४ सय ८९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, अप्पर तामाकोशी हाईड्रोपावर , एशियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा ८.५% सानिमा डेभेन्चर २०८७ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा ८.५% बिओके डेभेन्चर २०८६, १२% गुडविल फाईनान्स डेभेन्चर २०८३, मेगा म्युचल फण्ड -१ र सोल्टी होटलका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्