×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ७७.०१ अंकले घट्यो नेप्से परिसूचक !

PRIME CA
GLOBAL IME BANK

सोमबार ७७.०१ अंकले घट्यो नेप्से परिसूचक !

२७ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ६३ लाख १३ हजार ६ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यस कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४ सय ८९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा ग्रामीण विकाश लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । ग्रामीणको सेयरमा यस्तो गिरावट आउँदा किसान लघुवित्त, ग्लोबल आइएमई सम्मुनत स्किम -१, हिमालयन पावर पार्टनर र माउनटेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यस कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४ सय ८९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, अप्पर तामाकोशी हाईड्रोपावर , एशियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा ८.५% सानिमा डेभेन्चर २०८७ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा ८.५% बिओके डेभेन्चर २०८६, १२% गुडविल फाईनान्स डेभेन्चर २०८३, मेगा म्युचल फण्ड -१ र सोल्टी होटलका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: