काठमाडौं । बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२० कम्पनीको ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३० करोड १८ लाख ८६ हजार ७ सय ३८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहीबारको सेयर बजारमा प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रुडेन्सियलको सेयरमा यस्तो गिरावट आउँदा सीइडिबि हाईड्रोपावर, समिट लघुवित्त, लक्ष्मी लघुवित्त र नेपाल एसबिआइ बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३० करोड १८ लाख ८६ हजार ७ सय ३८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अप्पर तामाकोशी, एशियन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिष्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा एनआइबिएल प्रगति फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस अलावा प्रभु सेलेक्ट फण्ड, अप्पर तामाकोशी, नबिल ब्यालेन्स फण्ड–२ र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्