काठमाडौं । शुक्रबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३१ कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै शुक्रबारको सेयर बजारमा ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्रिन लाइफको सेयरमा यस्तो गिरावट आउँदा माउनटेन हाईड्रो, रिभर फल्स पावर, बोटलर्स नेपाल (तराई) र युनाईटेड मोदी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एभरेस्ट बैंक लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा १०.५% नेपाल इन्भेस्टमेन्ट डेभेन्चर २०८२ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा १०.२५ % माछापुछ्रे बैंक डेभेन्चर २०८५ , १०% सानिमा बैंक डेभेन्चर , नबिल ब्यालेन्स फण्ड–३ र ११ % एनआइसी एशिया डेभेन्चर ०८२/८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्