काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७.४६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१२ कम्पनीको ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड २ हजार ४ सय ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै शुक्रबारको सेयर बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकमा यस्तो गिरावट आउँदा रुरु जल विद्युत परियोजना, सुर्यदय वोमी लघुवित्त, सिभिल लघुवित्त र हिमालयन उर्जा विकाशमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड २ हजार ४ सय ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी,गोर्खाज फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र अरुण काबेलीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरै हो । यस अलावा गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त , सेन्ट्रल फाइनान्स र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्