काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २१९ कम्पनीको ६४ लाख २३ हजार १ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा १० % एनएमबि डेभेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो । १० % एनएमबि डेभेन्चरमा यस्तो गिरावट आउँदा १०.२५ % ग्लोबल आइएमइ बैंक डेभेन्चर २०८०/८१, एनआइसी एशिया ग्रोथ फण्ड, मेगा म्युचल फण्ड -१ र ग्लोबल आइएमइ बैंक डेभेन्चर २०८६/८७ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी,एनआइसी एशिया बैंक र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सम्वृद्धि फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्