काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड २९ लाख २५ हजार ६ सय ७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा ९.५ % मन्जुश्री फाइनान्स डेभेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । ९.५ % मन्जुश्री फाइनान्स डेभेन्चर २०८५ मा यस्तो गिरावट आउँदा १०.२५ % केबिएल डेभेन्चर २०८६, सिभिल बैंक डेभेन्चर २०८५ , सानिमा लार्ज क्याप फण्ड र लक्ष्मी उन्नति कोषमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड २९ लाख २५ हजार ६ सय ७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली पावर, नेपाल दूरसंचार कम्पनी, हिमालयन डिस्टिलरी र अपर तामाकोशी हाईड्रोपपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंक र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सुर्यदोय वोमी लघुवित्त वित्तिय संस्था, ग्रिन डेभ्लपमेन्ट बैंक र युनाईटेड मोदी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्