काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८ सय ८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट हो । कुमारी धनवृद्धि योजनामा यस्तो गिरावट आउँदा ८.५ % सानिमा डेभेन्चर २०८७, नबिल ब्यालेन्स फण्ड-३,९.५ % मंजुश्री फाइनान्स लिमिटेड डेभेन्चर २०८५ र सांग्रिला डेभलपमेन्ट बैंक डेभेन्चर २०८७ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८ सय ८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण काबेली पावर, गोर्खाज फाइनान्स, नेस्डो सम्बृद्ध लघुवित्त र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा युनाईटेड मोदी हाईड्रोपावर,राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, नेस्डो सम्बृद्ध लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्