×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार नेप्सेमा १२.९२ अंकको बढोत्तरी, २ अर्ब १९ करोडमाथिको सेयर कारोबार !

PRIME CA

शुक्रबार नेप्सेमा १२.९२ अंकको बढोत्तरी, २ अर्ब १९ करोडमाथिको सेयर कारोबार !

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१६ कम्पनीको ५१ लाख ११ हजार ३ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै शुक्रबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । बुद्धभुमिको सेयरमा यस्तो गिरावट आउँदा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, लिबर्टी एनेर्जी कम्पनी, ग्लोबल आइएमई समुन्नत स्किम-१, ग्रीनलाइफ हाईड्रोपावर र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः


यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा लुम्बिनी बिकाश बैंक, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, महालक्ष्मी बिकाश बैंक, गोर्खाज फाइनान्स र सांग्रिला डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, लुम्बिनी विकाश बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: