काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक बढेको छ । शुक्राबारको तुलनामा नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ३४ लाख १६ हजार ८ सय ६० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा १२% गुडविल फाइनान्स लिमिटेड डेभेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । १२% गुडविल फाइनान्स लिमिटेड डेभेन्चर २०८३ को सेयरमा यस्तो गिरावट आउँदा न्यास्नल हाईड्रोपावर कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, नबिल ब्यालेन्स फण्ड-२, सिन्धु विकाश बैंक र रेलायन्स फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ३४ लाख १६ हजार ८ सय ६० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी, एशियन लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी र न्यास्नल हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेको इन्स्योरेन्स, आइएमई जेनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्